नागढुंगा सुरुङ छिचोल्न अब ५४ मिटर मात्रै बाँकी, डेढ महिनामा ‘ब्रेक थ्रु’ हुने

काठमाडौं । 

चन्द्रागिरिको नागढुंगा–नौबिसे सुरुङ मार्गको मुख्य सुरुङ छिचोल्न अब ५४.६० मिटर मात्रै बाँकी छ ।

सुरुङ मार्गको कुल लम्बाइ २,६८८ मिटरमध्ये हालसम्म २,६३३.४० मिटर सुरुङ खन्ने काम पुरा भइसकेको छ । सुरुङ खन्न अब एक प्रतिशत मात्र बाँकी छ । आयोजनाले आकस्मिक सुरुङ मार्ग गत भदौमै ‘ब्रेक थ्रु’ गरेको थियो । अबको डेढ महिनाभित्र सुरुङमार्ग ‘ब्रेक थ्र’ गर्ने तयारी छ । तर सुरुङ मार्गका आवश्यक सम्पूर्ण काम सक्न भने अझै एक वर्ष समय लाग्ने जनाइएको छ ।

नागढुंगा सुरुङ निर्माण आयोजनाका उपनिर्देशक गोविन्द डुमरुका अनुसार सुरुङ मार्गतर्फ मुख्य टनेल, इभाक्युएसन टनेल र वर्किङ अडिट र क्रस प्यासेज लगायतको भने समष्टि प्रगति भने ५४.६० प्रतिशत रहेको छ । इभाक्यूसन टनेलको ब्रेक थ्रुरु भने सन् २०२३ अगष्ट ७ मा भएको थियो । आयोजनाका अनुसार मुख्य सुरुङको भुईं ढलान (कंक्रिट) लाइनिङको काम भने १४ सय ९२ मिटर अर्थात् ५३.१० प्रतिशत काम सकिएको छ ।

Scroll to Top