नागढुङ्गा सुरुङमार्गले जमिन भासिएको प्रभावित क्षेत्रका बासिन्दाहरुलाई स्थानान्तरण गर्न मासिक रु २०,०००/- देखि २५,०००/- सम्म घर भाडा ब्यबस्थापन गर्ने

“नागढुङ्गा सुरुङमार्गको पूर्वी भागमा जमिन भासिएको सम्बन्धमा नगरस्तरीय विपद् ब्यबस्थापन समितिको बैठक सम्पन्न, प्रभावित घरहरुलाई तत्काल स्थानान्तरण गर्न घर भाडा उपलब्ध गर्न सिफारिस; मुआब्जा र अन्य बिषयमा पूर्ण भौगोलिक सर्वेक्षण प्रतिबेदन पछि थप निर्णय गरिने”

२०८०/०७/०२ गते चन्द्रागिरि नगरपालिकाको कार्यालयमा नगर प्रमुख घनश्याम गिरीको अध्यक्षतामा नागढुङ्गा सुरुङमार्गको पूर्वी भागको माथि पट्टि बस्ती नजिक जमिन भासिएको र त्यसबाट सम्भावित विपद्का सम्बन्धमा नगरस्तरीय बिपद् ब्यबस्थापन समितिको बैठक सम्पन्न भएको छ। उक्त बैठकमा नगर प्रमुखज्यु, उप प्रमुखज्यु, प्रमुख प्रशासकीय अधिकृतज्यु, विभिन्न बिषयगत समितिका संयोजकज्युहरु, सुरक्षा संयन्त्रका प्रतिनिधीज्युहरु, बिपद् ब्यबस्थापन शाखा प्रमुखज्यु तथा समितिका सदस्यज्युहरु, संघर्ष समितिका प्रतिनिधिज्यु , विभिन्न राजनैतिक दलका प्रतिनिधिज्युहरुका साथै निर्माण आयोजनाका प्रतिनिधिज्युहरुको उपस्थिति रहेको थियो।

बैठकले तत्काल उक्त प्रभावित क्षेत्रका बासिन्दाहरुलाई स्थानान्तरण गर्न मासिक रु २०,०००/- देखि रु २५,०००/- सम्म घर भाडा ब्यबस्थापन गर्न तथा थप घर प्रभावित भएमा सोहि अनुसार घर भाडा उपलब्ध गराउने गरि जिल्ला प्रशासन कार्यालय तथा अन्य सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गर्यो। नगर प्रमुखज्युले तत्काल ११ घर परिवारको विवरण संकलन भएकोमा सो घर बासिन्दालाई तत्काल स्थानान्तरण गरिने कुरा जानकारी गराउदै थप प्रभावित भएमा सोहि अनुसार ब्यबस्थापन गरिने कुरा जानकारी गराउनु भयो। त्यस्तै नगर प्रमुखज्युले आयोजनाले ३ महिना भित्र बिस्तृत भौगोलिक सर्वेक्षण प्रतिबेदन उपलब्ध गराए पछि प्रभावित क्षेत्र घोषणा लगायत मुआब्जा र अन्य बिषय मा छलफल गरिने कुरा जानकारी गराउनु भयो।

Scroll to Top