कलंकी नापी कार्यालयका दुई कर्मचारी घुससहित पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालयमा कार्यरत दुई कर्मचारीलाई घुससहित नियन्त्रणमा लिएको छ। 

बुधबार अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालको टोलीले नापी कार्यालय कलंकीमा कार्यरत सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाईं र लेखापढी कर्मचारी नेत्रमणि पोखरेललाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। 

उनीहरूलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारले जनाएको छ।

उनीहरूले जग्गा हाल साविक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने भनेर सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएका थिए। 

Scroll to Top