नेकपा एमाले काठमाडाैं क्षेत्र नं. ९ को इन्चार्जमा हरिशरण थापा, १० ख को इन्चार्जमा सन्तोष खड्का चयन

चन्द्रागिरि नगर कमिटि इन्चार्जमा बेलीमाया घले

नेकपा एमालेले काठमाडौं क्षेत्र नं. ९ को इन्चार्जमा चन्द्रागिरि नगरपालिका १ दहचोक निवासी हरिशरण थापालाई चयन गरेको छ।
त्यस्तै, काठमाडौं क्षेत्र नंं १० प्रदेशको इन्चार्जमा कीर्तिपुरका सरवकुमार महर्जन चुनिएका छन् । महर्जनले कीर्तिपुर नगरको इन्चार्जको समेत जिम्मेवारी पाएका छन् ।
नेकपा एमाले काठमाडौं क्षेत्र नं. १० प्रदेश ख को इन्चार्जमा सो पार्टीका बागमती प्रदेश कमिटि सदस्य सन्तोष खड्काले जिम्मेवारी पाएका छन् । उहाँ चन्द्रागिरि वडा नं. ८ का निवर्तमान वडाध्यक्षसमेत हुन् ।
यसैगरी, चन्द्रागिरि नगर कमिटि इन्चार्जमा बेलीमाया घले चयन भएको नेकपा एमालेले जनाएको छ ।

Scroll to Top