नेकपा एमाले चन्द्रागिरि नगरको अध्यक्षमा ६ जना र सचिवमा ३ जनाको दाबी कायमै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चन्द्रागिरि नगर कमिटीको दोस्रो नगर अधिवेशन आगामी जेठ ५ र ६ गते हुँदैछ ।
दोस्रो नगर अधिवेशनका लागि शनिबार १५ वटै वडामा प्रतिनिधि छनोट भएका छन् । ११४२ जना संगठित सदस्य रहेको एमाले चन्द्रागिरि नगर कमिटीबाट १५ जनाबाट एक प्रतिनिधि रहने गरी ७९ जनाले प्रतिनिधित्व गर्ने नेकपा एमाले चन्द्रागिरि नगर कमिटीका अध्यक्ष राजु श्रेष्ठले बताए ।
त्यस्तै, नगर कमिटीका ८१, प्रत्येक वडाका २–२ जना सल्लाहकार परिषद्बाट ३०, अनेमसंघलगायतबाट गरी कुल २०६ जना प्रतिनिधि अधिवेशनमा सहभागि हुनेछन् । प्रतिनिधिका लागि एमालेले दलित, समावेशी, खुला र युवाबाट प्रतिनिधि चयन गर्नुपर्ने व्यवस्था गरेको छ ।
नयाँ नेतृत्व चयन गर्ने दोस्रो नगर कमिटी अधिवेशनमा हालसम्म ६ जनाले अध्यक्ष पदमा दाबी गरेका छन् ।
जसमा उत्तम राउत, राजेन्द्र केसी, हरिभक्त महर्जन, गीता पोखरेल र दिपक पनेरु र श्रीराम लामिछानेको दाबी रहेको प्रचार विभाग कमिटीका संयोजक गोपाल तिवारीले जानकारी दिएका छन् ।
त्यस्तै, उपाध्यक्षमा गोपाल तिवारी, राजन श्रेष्ठ र मुरारी बिडारीको दाबी कायमै रहेको छ ।
त्यस्तै, सचिवमा श्रीहरि थापा, लक्ष्मी थापा, खगेन्द्र बस्नेतको दावी रहेको छ । त्यस्तै, सहसचिवमा विश्वत्तम श्रेष्ठ, तीर्थ काफ्ले, राजकुमार महर्जन र महिलामा ईश्वरी पनेरुको दाबी कायमै रहेको छ ।
कमिटीको अधिवेशन जेठ ५ र ६ गते हुने भएकोले उम्मेदवारहरुको प्रत्याशी अरु बढ्ने सक्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
बैशाख १५ गते बसेको नेकपा एमाले चन्द्रागिरि नगर कमिटीको ११औं पूर्ण बैठकले नगर कमिटीको अधिवेशन जेठ ५ र ६ गते गर्ने निर्णय गरेको थियो ।
नगर अधिवेशनका लागि कमिटीले विभिन्न उप कमिटीहरु समेत गठन गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) चन्द्रागिरि नगर कमिटीको दोस्रो नगर अधिवेशनको उद्घाटन नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा जेठ ५ गते शनिबार बिहान १० बजे चन्द्रागिरि नगरपालिका वडा नं. ५ लाछीमा हुने नेकपा एमाले चन्द्रागिरि नगर कमिटीका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।

Scroll to Top