नेकपा एमाले चन्द्रागिरि नगर कमिटीको नवनिर्वाचित पदाधिकारीहरूलाई पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चन्द्रागिरि नगर कमिटीको नवनिर्वाचित पदाधिकारीहरूलाई पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

आज शुक्रबार सतुंगल पार्टी प्यालेसमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) चन्द्रागिरि नगर कमिटीको नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई प्रमाण पत्र वितरण तथा पदभार हस्तान्तरण कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष राजु श्रेष्ठले नवनिर्वाचित अध्यक्ष उत्तमबहादुर राउतलाई कार्यालयको साँचो हस्तान्तरण गरेका थिए ।

पदभार हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा श्रेष्ठले आफुले आफ्नो कार्यकालमा पार्टीको विचार सिद्धान्त र विधान अनुरुप संगठन निर्माण र आम कार्यकर्ताको मनोविज्ञान अनुसार पार्टीभित्र रहेको अन्तर्विरोधको अन्त्य गर्दै कम्युनिस्ट आन्दोलन र एकतामा सक्दो भुमिका निर्वाह गरेको भन्दै नवनिर्वाचित पदाधिकारीहरुले नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई अझ उचाईमा पुर्याउने र छिन्नविन्न कम्युनिस्ट धारालाई एकै ठाउँमा ल्याएर आगामी निर्वाचनमा कम्युनिस्टहरूले स्थानीय सत्ता संचालन गर्नेछन् भन्नेमा आफू पूर्ण विश्वस्त रहेको बताए !

उनले नयाँ पदाधिकारीहरुलाई सफल कार्यकालको शुभ कामना समेत व्यक्त गरेका थिए ।

आफू पदमा रहे पनि नरहे पनि सधैभरि नेकपा एमालेलाई साथ र सहयोग गरिरहने श्रेष्ठले प्रतिवद्धता व्यक्त गरेका थिए ।

साथै आफ्नो कार्यकालमा साथ र सहयोग गर्नुहुने सम्पूर्ण पदाधिकारी , शुभचिन्तक तथा सहयोगीहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गरेका थिए ।

त्यस्तै , नेकपा एमालेको केन्द्रीय सदस्य एवम् चन्द्रागिरि नगर इन्चार्ज सर्मिला कार्कीले नेकपा एमाले चन्द्रागिरि नगर कमिटीको दोश्रो अधिवेशनले नयाँ नेतृत्व पाएसँगै पार्टीभित्र नयाँ उत्साह थपिएको बताइन् !

Scroll to Top