नेकपा एमाले चन्द्रागिरि नगर कमिटीको आयोजनामा चित्रकला प्रतियोगिता हुँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चन्द्रागिरि नगर कमिटीद्वारा आयोजना हुन गइरहेको चित्रकला प्रतियोगिता हुँदैछ ।
यही जेठ १९ गते बिहान १०ः३० बजे चन्द्रागिरि १२, बलम्बुमा रहेको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा आयोजना हुन लागेको चित्रकला प्रतियोगितामा चन्द्रागिरि नगरभित्रका ९ देखि १२ कक्षासम्मका विद्यार्थीहरुले भाग लिन पाउँने छन् ।
सम्बृद्धिको यात्रामा नेकपा (एमाले) भन्ने शिर्षक अन्तर्गत रहेर चित्र बनाउनुपर्ने कार्यक्रम संयोजक विश्वत्तम श्रेष्ठले बताए ।
वाटर कलरमा चित्र बनाउनुपर्ने प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार, दोश्रो हुनेलाई ३ हजार र तृतीय हुनेलाई २ हजार पुरस्कार राशी रेहको छ ।
चन्द्रागिरि नगरभित्र बसोबास गर्ने इच्छुक व्यक्तिहरुले समेत भाग लिन पाउने सो चित्रकला प्रतियोगितामा इच्छुक विद्यार्थीहरुले निःशुल्क नाम दर्ता गराउन पनि अनुरोध गरिएको छ ।

Scroll to Top