नेकपा एमाले चन्द्रागिरि नगर कमिटीको आयोजनामा राजमार्ग सरसफाई तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

नेकपा एमाले चन्द्रागिरि नगर कमिटीको आयोजनामा आज चन्द्रागिरि नगरपालिकास्थित त्रिभुवन राजमार्ग सरसफाई तथा जनचेतनामूलक कार्यक्रम आयोजना भएको छ । उक्त कार्यक्रम चन्द्रागिरि नगरपालिकास्थित बाडभन्ञ्याङ्ग, चेकपोस्ट हुँदै तीनथानामा पुगेर समापन भएको थियो ।

सरसफाइ तथा जनचेतना मुलक कार्यक्रममा नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा काठमान्डौ जिल्ला इन्चार्ज कम्रेड आन्नद पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । त्रिभुवन राजमार्ग सरसफाई तथा जनचेतनामूलक कार्यक्रममा १५ वटै वडाबाट सहभागीता जनाइएको नेकपा एमाले चन्द्रागिरि नगर कमिटीका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।

Scroll to Top