नेकपा एसको महाधिवेशन जेठ ३ देखि ७ सम्म काठमाडौंमा हुने

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेकपा एसको महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने भएको छ ।

आज बसेको पार्टीको सचिवालय बैठकले जेठ ३ गते मदन आश्रित स्मृति दिवसको अवसरमा पारेर काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनले राष्ट्रिय महाधिवेशनका लागि दस्तावेज मस्यौदाका निम्ति अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ जनाको समिति निर्माण गरिएको बताए ।

Scroll to Top