नेपालका प्रिन्स, विष्णु र नङ्सल सिड्नी इन्टरनेसनल ब्याडमिन्टनको प्रि-क्वार्टरफाइनलमा

काठमाडौं । अष्ट्रेलियामा जारी ‘सिड्नी इन्टरनेसनल २०२३’ ब्याडमिन्टन प्रतियोगितामा नेपालका ३ खेलाडी अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् ।

बिहीबार भएको एकलतर्फको खेलमा जित निकाल्दै नङ्सल तामाङ, प्रिन्स दाहाल र विष्णु कटुवालले अन्तिम १६ मा स्थान पक्का गरेका हुन्।

महिला एकलतर्फको खेलमा नङ्सलले अष्ट्रेलियाकि युरान झाङलाई १७-२१, २१-१७ र २१-१३ ले पराजित गरिन् । महिलातर्फको एकल प्रतियोगितामै नेपाकि अर्की खेलाडी अनुमाया राइ भने अष्ट्रेलियाकै मौरिक क्लरिसा विजयासँग १९-२१, २१-१९ र ७-२१ को सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिइन्।

त्यस्तै पुरूषतर्फको एकल विधामा नेपालका प्रिन्स दाहालले सिंगापुरका झोङ हान लीलाई २१-१२ र २१-९ को सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरे ।

त्यसैगरी विष्णु कटुवालले पनि अष्ट्रेलियाका तिमोतस एल्बर्टलाई ९-२१, २१-१९ र २१-१७ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दा प्रफुल महर्जन भने अमेरिकाका एनरिको असुन्सिनोसँग १५-२१ र १३-२१ को सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको नेपाल बाडमिन्टन संघ सदस्य तथा टिम म्यानेजर राजु थापाले जानकारी दिए ।

Scroll to Top