नेपालको चिया विश्वमै उत्कृष्ट

काठमाडौं । नेपाली चिया विश्वमै उत्कृष्ट ठहरिएको छ ।

वर्ल्ड टी एक्सपो २०२४ मा नेपालको चिया विश्वमै उत्कृष्ट ठहरिएको हो । यो एक्सपोमा नेपालको तर्फबाट इलामको सिद्धदेवी टी स्टेट प्राइभेट लिमिटेडले सहभागिता जनाएको थियो ।

अमेरिकास्थित वर्ल्ड टी एक्सपो डट कमकाअनुसार यो वर्ष विश्वकै सबैभन्दा उत्कृष्ट चियाको पुरस्कार ‘ग्राण्ड च्याम्पियन’ को उपाधि नेपालको सिद्धदेवी टी स्टेट प्राइभेट लिमिटेडले प्राप्त गरेको छ ।

अमेरिकास्थित वर्ल्ड टी एक्सपो डट कमकाअनुसार यो वर्ष विश्वकै सबैभन्दा उत्कृष्ट चियाको पुरस्कार ‘ग्राण्ड च्याम्पियन’ को उपाधि नेपालको सिद्धदेवी टी स्टेट प्राइभेट लिमिटेडले प्राप्त गरेको छ ।

यो बाहेक यो कम्पनीले ‘वेस्ट लिकर’, ‘वेस्ट व्हाइट टी’ र ‘मौलिक उत्पादन’ विधाको उपाधिसमेत प्राप्त गरेको छ । पाँचथर र इलामको सीमाना रहेको यो टी स्टेटले ग्रिन टी, ब्ल्याक टी, व्याइट टीलगायत उत्पादन गर्दै आएको छ ।

यो सिद्धदेवी टी स्टेटले नेपालको तर्फबाट एक्लो सहभागिता जनाएको थियो । व्हाइट टी बिद्यामा सहभागिता जनाएको थियो ।

यो एक्सपो चिया उद्योगहरुको विश्वमै सबैभन्दा ठूलो भेला मानिन्छ । यो एक्सपोमा विश्वका उत्कृष्ट प्रयोगशालाबाट चियाको नमूना परीक्षण र टी टेस्टरले स्वाद चाखेर चियाको गुणस्तर घोषणा गर्छन् ।

Scroll to Top