नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : ओली

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा नोटमा समावेश गर्दा अरु देशलाई चिन्ता गर्नु नपर्ने बताएका छन् ।

नेपालको संसद्ले पारित गरेको राजनीतिक नक्सा, नेपाल सरकारको निर्णय र नेपालकै लगानीमा मुद्रामा छापिँदा अरुले टाउको किन दुखाउनुपर्ने भनी नेपाल बुद्धिजीवी परिषद्को कार्यक्रमा ओलीले प्रश्न गरे।

उक्त भेलालाई एमाले नेताहरू भानुभक्त ढकाल, रघुजी पन्त, विद्या भट्टराईलगायतले सम्बोधन गर्दै शुभकामना दिए । दुई दिनसम्म सञ्चालन हुने भेलामा देशभरका बुद्धिजीवीहरूको सहभागिता रहेको परिषद्का महासचिव गजेन्द्र थपलियाले जानकारी दिए।

Scroll to Top