नेपालमा एसएलसीबाट एसइई : इतिहासदेखि वर्तमानसम्म

नेपालमा १९९० कार्तिक १६ गते पहिलोपटक एसएलसी परीक्षा बोर्डको गठन भयो ।
नेपालमा एसएलसी परीक्षा गठन भएपछि पहिलोपटक १९९० साल पुस अन्तिम सातादेखि परीक्षा भएको थियो । तत्काल परीक्षा केन्द्र दरबार हाइस्कूलदेखि दक्षिणपट्टीको भवनमा थियो । पहिलोपटक एसएलसीमा ३४ जना विद्यार्थी सहभागी भएका थिए ।
पहिलोपटक ३४ जनाबाट सुरु भएको एसएलसी अहिले कुल ५ लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी भइरहेका छन् । एसएलसीबाट एसईई भयो तर अरु कुनै परिवर्तन भएको छैन ।


इतिहासलाई केलाउने हो भने शुरुवातमा कोलकता विश्वविद्यालयसँग सम्बन्धन कायम गरी सञ्चालित कक्षा दशको अन्तिम परीक्षा दिन नेपाली विद्यार्थी कोलकता जानुपर्ने बाध्यता थियो । नेपालमै कक्षा १० सम्मको औपचारिक कक्षा पूरा गरेपछि परीक्षा दिएर उत्तीर्ण हुने विद्यार्थीहरूलाई राणाहरूले प्रमाणपत्र दिए पनि अन्य विदेशी शैक्षिक सस्थाहरूले पनि त्यसलाई मान्यता दिएनन् । त्यसैले कोलकता विश्वविद्यालयसँग सम्बन्धन कायम गर्नुपर्ने बाध्यता थियो ।

पहिलोपटक ३४ जनाबाट सुरु भएको एसएलसी अहिले कुल ५ लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी भइरहेका छन् ।


सर्वप्रथम १९३६ सालमा कोलकता गएर एसएलसी (म्याट्रिक) परीक्षा दिने व्यवस्था मिलाइएको थियो । वि.सं. १९३६ देखि १९७९ सम्म (४४ वर्ष) कोलकता विश्वविद्यालयबाट नै एसएलसी दिने परम्परा कायम थियो । त्यसबेला कोलकता लगेर परीक्षा दिलाई ल्याउने सम्मको खर्च तत्कालीन राणा सरकारले नै बेहोर्नु पर्दथ्यो ।


त्यसपछि वि.सं. १९८० देखि नेपाल सरकारले पटना विश्वविद्यालयसँग सम्बन्धन कायम गरेको पाइन्छ । छ वर्ष जति पटना विश्वविद्यालयबाट परीक्षा सञ्चालन भएपछि त्यो पनि सम्भव नभएपछि नेपालले बाध्य भई नेपालमै परीक्षा सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना भएको थियो । पटना विश्वद्यिालयले प्रश्नपत्र तयार गरी नेपालमा आएर परीक्षा लिने र उत्तर पुस्तिका पटनामा नै लगेर जाँची परीक्षाफल प्रकाशित गर्ने कार्य वि.सं. १९८६ देखि हुन थाल्यो । करिब चार वर्षसम्म यो क्रम जारी रहेपछि वि.सं. १९९० देखि त्यस परम्पराको अन्त्य गर्दै नेपालमा नै एसएलसी परीक्षा बोर्डको स्थापना भएपछि नेपालीहरूले आफैं परीक्षा लिन थालिएको हो ।

वि.सं.१९९० देखि सुरू भएको एसएलसी परीक्षा सुरू भएको ८३ बर्षमा अर्थात् २०७३ मा एसईईमा परिणत भयो । शिक्षा आठौं संशोधित ऐन अनुसार कक्षा १ देखि ८ सम्म आधारभूत शिक्षा र ९ देखि १२ सम्म माध्यमिक शिक्षा भनी वर्गीकरण गरिएको छ ।


वि.सं.२००७ को राजनीतिक परिवर्तन सँगै वर्षको प्रवेशिका परीक्षा राणाकाल र प्रजातन्त्रपछि गरी दुईपटक सञ्चालन भएको कारणले उक्त वर्ष अलग अलग रूपमा बोर्डफस्ट घोषणा गरिनुका साथै २०२८ देखि नेपालमा नयाँ शिक्षा लागु गरिएपछि नयाँ शिक्षा र पुरानो शिक्षाको प्रवेशिका परीक्षा २०३२ देखि २०३४ सम्म छुट्टाछुट्टै रूपमा सञ्चालन भएको र दुवै परीक्षा प्रणालीबाट छुट्टाछुट्टै रूपमा ‘बोर्डफस्ट’को घोषणा गरिएको थियो ।
प्रवेशिका परीक्षा प्रारम्भ भएदेखि जम्मा ८१ वर्षको अवधिमा ८५ जना भन्दा छात्रछात्राले प्रवेशिका परीक्षामा सबैभन्दा बढी अङ्क ल्याइ ‘बोर्डफस्ट’ को सम्मान प्राप्त पाए । तर सरकारले वि.सं. २०६२ देखि यो परम्परालाई खारेज ग-यो ।
वि.सं.१९९० देखि सुरू भएको एसएलसी परीक्षा सुरू भएको ८३ बर्षमा अर्थात् २०७३ मा एसईईमा परिणत भयो । शिक्षा आठौं संशोधित ऐन अनुसार कक्षा १ देखि ८ सम्म आधारभूत शिक्षा र ९ देखि १२ सम्म माध्यमिक शिक्षा भनी वर्गीकरण गरिएको छ ।

यो ऐन संशोधन हुनुपूर्व १० कक्षाको परीक्षालाई एसएलसी मानिएको थियो भने संशोधन पछि १२ को परीक्षालाई मानिएको छ ।

Scroll to Top