नेपालमा गर्मी ह्वात्तै बढ्यो

काठमाडौं । नेपालमा गर्मी ह्वात्तै बढेको छ । गर्मी अझै बढ्ने पूर्वानुमान छ ।

महाशाखाले सोमबार बेलुका सार्वजनिक गरेको विवरणमध्ये भैरहवाको अधिकतम तापक्रम सबैभन्दा बढी ४०.९ डिग्री सेल्सियस मापन गरिएको छ । आइतबार भैरहवाको अधिकतम तापक्रम ४०.६ डिग्री सेल्सियस थियो ।
त्यस्तै, सिमराको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस मापन गरिएको छ । आइतबार भने त्यस क्षेत्रको अधिकतम तापक्रम ३९.२ डिग्री सेल्सियस मापन गरिएको थियो ।

यस दिन काठमाडौंको अधिकतम तापक्रम ३३.१ डिग्री सेल्सियस मापन गरिएको छ । सोमबार काठमाडौंको अधिकतम तापक्रम ३३.५ डिग्री सेल्सियस थियो ।

त्यस्तै, जनकपुरको ३९.४ डिग्री सेल्सियस, धनगढीको ३८.८ डिग्री सेल्सियस, नेपालगंजको अधिकतम तापक्रम ३८.४ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे अधिकतम तापक्रम मापन गरी वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने गर्छ ।

Scroll to Top