नेपालले आज नेदरल्यान्ड्सविरुद्ध खेल्दै

काठमाडौं : आईसीसी टी-२० विश्वकपमा नेपालले आज  नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ।

टी-२० विश्वकपमा नेपालले १० वर्षपछि खेल्न लागेको हो।  यसअघि नेपालले पछिल्लो पटक सन् २०१४ मा ट्वान्टी २० विश्वकप खेलेको थियो।   अमेरिकाको ड्यालसमा हुने खेल नेपाली समयअनुसार राति सवा ९ बजेदेखि सुरु हुनेछ। 

विश्वकपमा नेपाल र नेदरल्यान्ड्स पहिलो पटक भिड्न लागेका हुन्। नेदरल्यान्ड्स ट्वान्टी २० विश्वकपमा नेपालको चौथो प्रतिद्वन्द्वी पनि  हो। यसअघि नेपालले सन् २०१४ मा हङकङ, बंगलादेश र अफगानिस्तानविरुद्ध प्रतिस्पर्धा गरेको थियो।

नेपाल र नेदरल्यान्ड्सबीचको खेलअघि आज अन्य दुई खेल हुनेछन्। पहिलो खेलमा समूह ‘सी’ का अफगानिस्तान र युगान्डाबीच प्रतिस्पर्धा हुनेछ। दुवै टिम पहिलो पटक आईसीसीबाट मान्यताप्राप्त क्रिकेटमा आमने–सामने हुन लागेका हुन्। यो खेल बिहान ६ः१५ बजेदेखि सुरु हुनेछ।

आजको दोस्रो खेलमा समूह ‘बी’ का इंग्ल्यान्ड र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। यो खेल राति ८ः१५ बजेदेखि सुरु हुनेछ।

Scroll to Top