नेपाली मदिरालाई ब्राण्डिङ र बिक्री गर्न खुल्ला

काठमाडौं । नेपाली मदिराले ब्रान्डिङ र बजारीकरण तथा विक्री गर्न पाउने भएका छन् ।
आन्तरिक अर्थतन्त्रमा यसलो ठूलो योगदान गर्ने, घरेलु उत्पादनले बजार पाउने, साना उद्योगको प्रबद्र्धन हुने लगायतका फाइदा पहिचान गर्दै सरकारले घरेलु मदिरा उत्पादन, ब्राण्डिङ, बजारीकरण तथा बिक्री खुल्ला गर्ने निर्णयमा पुगेको छ ।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममै घरेलु मदिराको ब्रान्डिङ र बजारीकरणसहित विक्री वितरण खुला गर्ने उल्लेख थियो ।
राष्ट्रपतिको घोषणा बमोजिम घरेलु मदिरालाई वैधानिकता दिने काम अर्थमन्त्री वर्षमान पुनले बजेट वक्तव्यमार्फत् गरे । ‘घरेलु मदिराको उत्पादन, ब्रान्डिङ, बजारीकरण तथा बिक्री गर्न कानूनी व्यवस्था मिलाइने छ,’ बजेट वक्तव्यमा उल्लेख छ । लगत्तै आर्थिक विधेयकमार्फत् मदिरा ऐन २०३१ संशोधन पनि गरे ।

Scroll to Top