नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी टि २० विश्वकपमा प्रयोग गर्ने जर्सी केल्मीबाट २५ सय रुपैयाँमा प्रि अर्डर गर्न सकिने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी टि २० विश्वकपमा प्रयोग गर्ने जर्सी किट निर्माण गर्ने कम्पनी केल्मीले आमसर्वसाधारणका लागि प्रि अर्डर खुला गरेको छ ।

केल्मीले ३६ सय रुपैयाँ पर्ने जर्सी प्रि-अर्डरको विशेष अफरमा २५ सय रुपैयाँमा बुकिङ खुल्ला गरेको हो । केल्मीले आफ्नो विश्वकप विशेष वेबसाइटबाट जर्सी प्रि-अर्डर सुरु गरेको छ । अग्रिम बुकिङ गरिएको जर्सीको अनुमानित डेलिभरी मिति वैशाख २८, २०८१ राखिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार विश्वकप खेल्ने जर्सी सार्वजनिक गरेको थियो । विश्वकपका लागि निर्माण गरिएको विशेष जर्सीमा रातो र नीलोको जीवन्त राष्ट्रिय रंगहरू समावेश छन् । केल्मीका अनुसार पहेंलो रंगले पछिल्लो समय विश्व क्रिकेटमा नेपालको योद्धाको पहिचान झल्काउँछ । डिजाइनमा प्रतिष्ठित नेपालको राष्ट्रिय झण्डासँगै गैंडा र सगरमाथा पनि अंकित छ ।

केल्मीको जर्सी प्रि-अर्डर गर्नका लागि यहाँ जान सक्नुहुन्छ ।

Scroll to Top