नेपाल एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ को विजेता नेपालले यस अघि मंगोलियालाई पराजित गरेको थियो।

हांगझाउ स्थित झेजियांग युनिभर्सिटी क्रिकेट मैदानमा नेपालले दिएको २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले १९.४ ओभरमा ७४ रन बनाउदा सबै विकेट गुमायो।

माल्दिभ्सको लागि मुभिआथ गानीले सर्वाधिक ३६ रन बनाए।

नेपालको बलिङ्गमा अविनाश बोहरा एक्लैले ६ विकेट लिए जुन क्रममा ३.४ ओभरमा ११ रन मात्र खर्चिए। अविनाशको प्रदर्शन नेपालको लागि टि-२० अन्तर्राष्ट्रियमा सबैभन्दा उत्कृस्ट स्पेल हो भने उनि टि-२० अन्तर्राष्ट्रियमा ६ विकेट लिने पहिलो नेपाली बलर समेत हुन्।

टस जितेर ब्याटिंग रोजेको नेपालले २० ओभरमा ७ विकेट क्षेतीमा २१२ रन बनायो।

पहिलो १० ओभरमा ७० रन बनाएर ४ विकेट गुमाएको नेपालले अन्तिम १० ओभरमा आक्रामक ब्याटिंग गर्दै १४२ रन जोड्न सफल रह्यो।

नेपालको लागि कप्तान रोहित पौडेलले लगातार दोश्रो अर्धशतक बनाउने क्रममा सर्वाधिक ५२ रन योगदान दिए जुन क्रममा उनले २७ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। अघिल्लो खेलमा मंगोलिया विरुद्ध शतक बनाएका कुशल मल्लले अविजित ४७ रन बनाए जुन क्रममा ३ चौका र ३ छक्का प्रहार गरे। ओपनर कुशल भुर्तेलले १८ बलमा ३५ तथा गुल्सन झाले २१ बलमा ३५ रन योगदान दिए।

आसिफ शेखले ५, बिनोद भण्डारीले १३, सदिप जोराले ५ तथा दिपेन्द्र ऐरीले ६ रन बनाए भने सोमपाल कामि १ रनमा अविजित रहे।

माल्दिभ्सको बलिंगमा नाजवन इस्माइलले सर्वाधिक ३ विकेट लिए। नासिर इस्माइल, मोहमद मिउभान र थोलाल मोहमदले समान १/१ विकेट लिए।

Scroll to Top