नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

गैरकानुनी सम्पत्ति कमाएको आरोपमा सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा, २३ करोड ७५ लाख बिगो माग

काठमाडौं । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। गैरकानुनी रुपले सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीविरुद्ध २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँ बिगो र सजाय माग गरी आरोप पत्र दायर गरेको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए ।

पदमा रहँदा आम्दानीको तुलनामा अस्वभाविक सम्पत्ति आर्जन गरेको ठहर गर्दै उनीविरुद्ध आज विशेष अदालत काठमाडौंमा मु्द्दा दायर गरेको अख्तियार स्रोतले जनाएको छ ।

यसअघि गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरी परेमाथि छानबिनका लागि अख्तियारले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । सुनिलविरुद्ध अख्तियारले दायर गरेको यो दोस्रो मुद्दा हो । यसअघि अख्तियारले उनीविरुद्ध २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगो र १३ वर्ष कैद मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

Scroll to Top