नेपाल पब्लिक क्याम्पस संघको प्रतिनिधिमण्डल बागमती प्रदेशमा

काठमाडौं । सामुदायिक क्याम्पसहरुको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघका पदाधिकारीहरुको प्रतिनिधिमण्डल बागमती प्रदेशको कार्यालयमा गएका छन् ।
वर्तमान समयमा समग्र सामुदायिक क्याम्पसहरुको सन्दर्भसहित बागमती प्रदेशमा रहेका सामुदायिक क्याम्पसहरुले भोगेका समस्याहरु र त्यसको समाधानका उपायहरुमा वस्तुनिष्ठ छलफल, ध्यानाकर्षण गराउने उद्देश्यले नेपाल पब्लिक क्याम्पस संघका केन्द्रीय कार्यसमितिका अध्यक्ष तथा काठमाडौं शिक्षा क्याम्पसका प्रमुख शत्रुध्नप्रसाद गुप्ताको नेतृत्वमा गएको थियो ।
गुप्ताको नेतृत्वमा गएको टोलीमा नेपाल पब्लिक क्याम्पस संघ केन्द्रीय कार्यसमितिका पदाधिकारीहरु, सल्लाहकारहरु, बागमती प्रदेश कार्यसमितिका पदाधिकारीहरु, पब्लिक क्याम्पस प्राध्यापक संघका पदाधिकारीहरुसहितको समूहले हिजो बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया र मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई भेट गरेको थियो ।
भेटघाटमा बागमती प्रदेशभित्र रहेका सामुदायिक क्याम्पसका बारेमा छलफल भएको थियो ।

संघले उठाएका विषयहरु :

  • बागमती प्रदेश सरकारको नीति तथा कार्ययोजनामा सामुदायिक क्याम्पसलाई भौतिक पूर्वाधार निर्माण र क्याम्पस सवलीकरण कार्यक्रममा अनुदान दिनुपर्ने माग गरिएको छ । अहिलेको आवश्यकता भौतिक निर्माणमा नभई प्रशाशनीक खर्च गर्न मिल्ने गरी सवलीकरण गर्ने नीति अनुरूप नियमित अनुदान उपलब्ध गराउन माग गरिएको छ । यसका लागि कम्तिमा १० करोड रुपैयाँ बिनियोजन हुनुपर्ने माग गरिएको छ ।
  • बितरण मापदण्डका लागि निर्देशिका तयार पार्ने सवालमा सङ्घले आवश्यक सहयोग पुर्याउन तयार रहेको जानकारी गराइएको छ ।
  • विगतमा भएको अनुदान सहयोग प्रति धन्यवाद ज्ञापन गरियो छ । यद्यपि वितरण निर्देशिकाका केही मापदण्ड बैज्ञानिक नभएको व्यहोरा दर्ज गराइएको छ ।
  • बागमती सामुदायीक विश्वविद्यालय सञ्चालन सम्बन्धमा सङ्घ (मुख्य सरोकारवाला) सँग छलफल गरिनुपर्ने अनिमात्र विश्वविद्यालयको मोडालिटी तयार हुने धारणा राखिएको छ ।

यस विषयमा सम्बन्धित मन्त्रीहरु तथा मुख्यमन्त्रीबाट सकारात्मक जवाफ आएको अध्यक्ष गुप्ताले शोणितपुर खबरलाई जानकारी दिए ।

नेपालका विभिन्न विश्वविद्यालयबाट सम्बन्धन लिई ५६१ वटा जनस्तरबाट सञ्चालित गैरनाफामुलक सामुदायिक क्याम्पसहरु संचालन भइरहेका छन् । जसमा बागमती प्रदेशमा रहेका सामुदायिक क्याम्पसहरुमध्ये यस संघमा १७३ वटा सामुदायिक क्याम्पसहरु आवद्ध रहेका छन् । जसमा QAA प्राप्त गर्ने सामुदायिक क्याम्पसहरुको संख्या १८ रहेको छ ।

नेपालका विभिन्न विश्वविद्यालयबाट सम्बन्धन लिई ५६१ वटा जनस्तरबाट सञ्चालित गैरनाफामुलक सामुदायिक क्याम्पसहरु संचालन भइरहेका छन् । जसमा बागमती प्रदेशमा रहेका सामुदायिक क्याम्पसहरुमध्ये यस संघमा १७३ वटा सामुदायिक क्याम्पसहरु आवद्ध रहेका छन् । जसमा QAA प्राप्त गर्ने सामुदायिक क्याम्पसहरुको संख्या १८ रहेको छ ।


बागमती प्रदेशमा १ सय ७३ वटा सामुदायिक क्याम्पसहरु छन् जसमा १२९ विश्वविद्यालय अनुदान आयोगबाट अनुदान पाइरहेका छन् भने बाँकी विद्यालयहरुले कम विद्यार्थी भएका कारणले अनुदान पाएका छैनन् ।
सामुदायिक क्याम्पसहरुलाई राज्यले उच्च शिक्षामा छुट्याईएको बजेटको ४ देखि ६ प्रतिशत मात्र दिन्छ, जसले गर्दा सामुदायिक क्याम्पस चलाउन गाह्रो भएकोले नेपाल पब्लिक क्याम्पस संघको प्रतिनिधिमण्डल बागमती प्रदेशमा गएको संघका अध्यक्ष गुप्ताले व्यक्त गरे ।

Scroll to Top