नेपाल सम्वत् ११४४ न्हूदँ साईकल, मोटरसाईकल तथा विविध साँस्कृतिक कार्यक्रम एक भब्य र सभ्य रूपमा सम्पन्न

ईटाख्य, बालागाँ र नगाँःचा नेवा पुच र चन्द्रागिरि नगरपालिका वडा नं। ६ र ७ को संयुक्त आयोजनामा यही कात्तिक २८ गते न्हूदँ भिन्तुना मोटरसाईकल र साईकल (यालीको आयोजना भएको थियो ।
सभापति, प्रेम महर्जन, प्रमुख अतिथि संस्कृति पर्यटन तथा सहकारी मन्त्री मा।पुकार महर्जन, विशेष अतिथि प्रदेश सभासद बिन्दु श्रेष्ठ, यमुना श्रेष्ठ नगर चन्द्रागिरि नगर प्रमुख,घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, अतिथि वडा न १ देखि १५ का वडा अध्यक्षह विभिन्न गाँउका नेवा पुचस्का कजीहरू, थानकोट प्रहरी बृतका प्रमुख दिपेश बस्यालको उपस्थितिमा कार्यक्रम आयोजना भएको थियो ।
विभिन्न गाउँ गाउँ बाट बाजा गाजाका साथ झन्डै २५०० सय जनाको उपस्थिति रहेको उक्त कार्यक्रम बिहान समय् बजी र -याली समापत भय पछी झो भ्वय् (सुकुल भोज)गरि बिबिध साँस्कृतिक कार्यक्रमका साथ आगामी नेपाल सम्बत ११४४ को लागि वडा न १० बोसिगाँउमा शुभकामनाका साथ शंखधर साख्वाको प्रतिमा हस्तान्तरण गरिएको थियो ।

Scroll to Top