नोटमा चुच्चे नक्सा छाप्ने निर्णयविरुद्ध अभिव्यक्ति दिएका राष्ट्रपतिका सल्लाहकारले दिए राजीनामा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा चिरञ्जीवी नेपालले राजीनामा दिएका छन् ।

केही दिनअघि एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने मन्त्रिपरिषदको निर्णयको विरुद्ध अभिव्यक्ति दिएपछि विवादमा परेका नेपालले पदबाट राजीनामा दिएका थिए ।

राष्ट्रपति कार्यालयले डा. नेपालको राजीनामा आइतबार स्वीकृत भएको जनाएको छ ।

राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालले चुच्चे नक्सालाई १०० रुपैयाँको नयाँ नोटमा राख्ने सरकारको निर्णयले भारतलाई चिढ्याउने भन्दै आलोचना गरेका थिए ।

विरोध भएपछि उनले उनले आफ्नो भनाइ भनेर आएका सम्बन्धित विचारको नैतिक जिम्मेवारी आफैँ लिँदै व्यक्तिगत धारणा भनेका थिए ।

Scroll to Top