नौविसे मलेखु सडक खण्ड असोज ४ गते देखि २० गते सम्म रातीमा सडक बन्द हुँदै

पृथ्वी राजमार्ग अन्तर्गत नौविसे–मलेखु सडक खण्डको विस्तार तथा निर्माण कार्यलाई सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालय धादिङमा सरोकारवालाहरुको बैठक सम्पन्न भएको छ ।

आज बसेको बैठकले असोज ४ गते देखि २० गते सम्म राती ११ बजे देखि बिहान ३ बजे सम्म एम्वुलेन्स र सुरक्षा निकायको सवारी साधनबाहेक अन्य सम्पूर्ण सवारी आवागमन बन्द गरि सडक विस्तार तथा निर्माण कार्य गरिने निर्णय गरेको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत थाक्रे गाउपालिका वडा न १ एक्लेफाँट देखि गजुरी गाउँपालिका वडा न ५ घाटबेशी पुल सम्म उक्त समयमा सवारी आवागमन बन्द गरि सडक बिस्ताको काम गर्न लागिएको हो । निर्माण कार्यस्थल नजिक हुन सक्ने सम्भावित सवारी चापलाई मध्यनजर गरि राजमार्गका उपयुक्त स्थानमा सवारी साधन रोकी सवारी ब्यवस्थापन गर्ने निर्णय गरेको छ ।

Scroll to Top