पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनकाे प्रमुख आतिथ्यमा चन्द्रागिरि नगरपालिकामा भिन्तुना मोटरसाइकल र साईकल -याली हुँदै

ईटाख्य, बालागाँ र नगाँःचा नेवा पुच चन्द्रागिरि नगरपालिका वडा नं. ६ र ७ को संयुक्त आयोजनामा यही कात्तिक २८ गते न्हूदँ भिन्तुना मोटरसाईकल र साईकल (यालीको आयोजना हुन गइरहेको छ ।

पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन प्रमुख अतिथि, चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख धनश्याम गिरी र नगर उप प्रमुख बसन्ती श्रेष्ठको विशेष अतिथिमा आयोजना हुन गइरहेको भिन्तुना (याली कार्तिक २८ गते बिहान बाजागाजासहित सुरु हुने यस कार्यक्रमका संयोजक प्रेम महर्जनले जानकारी गराए । कार्तिक २८ गते बिहान औपचारिक कार्यक्रमपछि समयबजी कार्यक्रम रहेको जानकारी गराए ।

कार्यक्रमपछि न्हूदँ भिन्तुना मोटरसाईकल सुरू हुने छ । १५०० जतिको सहभागी हुने उक्त कार्यक्रम मातातीर्थ, बालागाउँ, चेकपोस्ट वडा कार्यालय, घुमाउने हुँदै गोदाम चोक, सिलाफल थानकोट कोटघर हुँदै खरिबोट, नागढुंगा हुँदै टोटीपाखा, थानकोट हाई वे हुँर्द बलम्बु, नैकाप फुटबल ग्राउण्ड, तिनथानबाट बिष्णुदेवी मन्दिर हुँदै टौखेल, मच्छेगाउँ, ल्होखा, खुसी खुसी होटल हुँदै बोसिगाउँ, सतुंगल हाई वे हुँदै किसिपीडीबाट मातातीर्थमा आएर समापन हुने कार्यक्रम रहेको संयोजक महर्जनले जानकारी गराए ।

नेपाल सम्वत् ११४४ न्हूदँ र दीपावलीको अवसर पारेर हुन गइरहेको भिन्तुना (यालीको समापन पछि बेलुका ४ बजेदेखि नेवारी भोजको कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा १२ सय जना जति सहभागी हुने पनि महर्जनले जानकारी गराए ।

Scroll to Top