![](https://shonitpurkhabar.com/wp-content/uploads/2024/07/CHUNDEVI-1915X192.jpg)
काठमाडौं : हिन्दुहरुको आराध्य देव पशुपतिनाथको चारवटै ढोका असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने भएका छन् ।
पशुपतिनाथ दर्शन गर्ने दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।
यसअघि महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो ।