पाँचौं थाहा गोल्डकपको उपाधी ऋषेश्वर ११ लाई

काठमाडौं । पाँचौं थाहा गोल्डकपको उपाधि थाहा ४ दोबाटोको ऋषेश्वर ११ फुटबल क्लबले हात पारेको छ । 
थाहा नगरपालिकाको इन्द्रायणी चौर खेल मैदानमा १६ जेठमा भएको फाइनल खेलमा चित्लाङ खेलकुद बिकास समिति चित्लाङ लाई ७-० को फराकिलो गोल अन्तरले पराजित गर्दै ऋषेश्वर ११ले उपाधी हात पारेको हो ।

 ऋषेश्वरको जितमा अमित तामाङले १ गोल,रिचार्ड विल्सनले ३ गोल,सन्जोग मोक्तानले १ गोल,र सुनिल तामाङले २ गोल गर्दै टिमलाई बिजयी गराए।

प्रतियोगितामा  ऋषेश्वर ११ का रिचार्ड विल्सनले प्रतियोगितामा ७ गोल गर्दै हाइ स्कोरर हुदा बेस्ट डिफेन्डर ऋषेश्वरकै अमित तामाङ र उत्कृष्ट गोलकिपर ऋषेश्वरका नवीन सिलवाल हुन सफल भए भने प्रतियोगिताको उत्कृष्ट खेलाडी ऋषेश्वर ११ का प्रदिप गुरुङ हुन सफल रहे ।
 बिजेता बने संगै ऋषेश्वर ११ ले नगद २ लाख सहित ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारे भने उपबिजेता चित्लाङले नगद १ लाख सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरे तेसैगरी बिधागत उत्कृष्ट खेलाडीहरुले नगद ५ हजार सहित ट्रफी हात पार्दा उत्कृष्ट खेलाडी लाई नगद ७ हजार रुपैयाँ प्रदान गरियो ।

प्रतियोगितामा बिजेता तथा उपबिजेता टिमलाई नगर प्रमुख बिष्णु बिष्ट तथा उपप्रमुख भरत गोपाली लगायतका अतिथिहरुले पुरस्कार प्रदान गरेका थिय। प्रतियोगिता समापन समारोह भव्य रुपमा गरियको थियो ।
शिखर क्लवका अध्यक्ष विश्व अर्यालको सभापतित्वमा सम्पन्न समापन तथा पुरस्कार वितरण समारोहमा शिखर क्लवका पुर्व खेलाडिहरु तथा पुर्व अध्यक्षहरुलाई कदरपत्र द्वारा सम्मानित गरिएको थियो ।

पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि नगर प्रमुख बिष्णु बिष्ट, उपप्रमुख भरत गोपाली, थाहा नगर खेलकुद विकास समितिका संयोजक टिकाराम स्याङ्तान, वडा न ४ का अध्यक्ष नारायण लामा, वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी, वडा न ९ का राजकुमार बलामी, थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीको उपस्थिति रहेको थियो ।
त्यस्तै, पुर्व खेलकुद बिकास संयोजक राजेश केसी, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्ट, राप्रपा थाहा नगर कार्यवाहक अध्यक्ष कुलमान तामाङ, रास्वपा नगर सभापति जयराम खत्री,पालुङ जेसीजका अध्यक्ष निरज रायमाझी, नगर खेलकुद विकास समिती सदस्य सचीव अनिल लामिछाने, सदस्य यादव रायमाझी,सुमन बिष्ट, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतका अतिथिहरुको उपस्तिथि रहेको थियो।

प्रतियोगिता थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा शिखर क्लवको व्यवस्थापनमा जेष्ठ १२ गते देखि सुरु भएको थियो।

Scroll to Top