पाँचौं थाहा गोल्डकप फुटबल प्रतियोगिता: सेमिफाइनल समीकरण पुरा

काठमाडौं । पाँचौं थाहा गोल्डकप फुटबल प्रतियोगिताको आज दुई खेलहरु भएका थिए ।
पहिलो क्वाटर फाइनल खेल विनयबाबु स्मृति प्रतिष्ठान र सकृय युवा क्लब बिच भएको थियो । यस खेलको २१ औं मिनेटमा सकृय युवा क्लबका जर्सी नम्वर १७ का खेलाडी रुपक बिष्टले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । दोश्रो गोल सकृयकै जर्सी नम्वर ९ का ज्याकी बलामीले पहिलो मध्याह्न अगाडी २७ औं मिनेटमा गरेका थिए । मध्यान्तरपछि विनयबाबुका महेश तामाङले उत्कृष्ट कौशल प्रदर्शन गर्दै १ गोल गर्न सफल भएका थिए । त्यस पछि पनि उनैले लगातार दुई पटक धेरै राम्रो प्रयासहरु गरे पनि सकृयका गोलकिपरले उनको प्रयासलाई विफल तुल्याएका थिए ।
यस खेलको चौथो तथा अन्तिम गोल सकृयकै ज्याकी बलामीले गरेका थिए । यिनै दुई गोलको कारण उनी म्यान अफ दी म्याच पाउन पनि सफल रहे ।
अन्तिम क्वाटर फाइनल खेल ऋृषेश्वर ११ र भिमफेदी एफसी बिच भएको थियो जसमा जर्सी नम्वर १० का सुनिल तामाङले गरेको गोलले ऋृषेश्वर ११ ले सेमि फाइनलमा प्रवेस पाएको छ । यो खेलमा ऋृषेश्वर ११ का सुनिल तामाङले म्यान अफ दी म्याच पाउन सफल भएका थिए ।

भोली कुर्दन एकेडेमी चन्द्रागिरि बिरुद्द चित्लाङ खेलकुद बिकास समिति सकृय युवा क्लब थाहा चार बिरुद्द ऋृषेश्वर ११ बिच सेमिफाईनल खेलहरु हुनेछन ।
पहिलो खेल बिहान ८ बजे र दोश्रो खेल बिहान १० बजे हुनेछ । थाहा गोल्ड कपको दोश्रो पुरस्कार रुपैया एक लाखको प्रायोजन हेटौंडा स्कुल अफ म्यानेजमेन्टको रहेको छ ।
शिल्ड तथा ट्रफीको सम्पुर्ण प्रायोजन पालुङ बहुउद्देश्यिय सहकारी संस्थाले गरेको छ । शिखर क्लबले ब्यवस्थापकिय जिम्वेवारी लिएको प्रतियोगीतालाई बजार ब्यवस्थापन समिती शिखरकोट, नव जागृत पुस्तकालय, फरक सोच, थाहा ब्याडमिन्टन संघ, पालुङ जेसीज लगायतका सस्थाले सहयोग गरिरहेका छन ।
थाहा नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा नौँ वटा टिमले सहभागिता जनाएका छन् ।

शिखर क्लब शिखरकोटको व्यवसथापनमा सञ्चालित गोल्ड कपको सभाध्यक्ष खेलकुद विकास समितिको संयोजक टिकाराम स्याङ्तानले गरेका थिए । ५ दिनसम्म चल्ने प्रतियोगिताको बिजेताले नगद २ लाख र उपबिजेताले नगद १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

Scroll to Top