पाचौं थाहा गोल्डकपको उपाधिको लागि ऋषेश्वर ११ र चित्लाङ फुटबल क्लव भिड्ने

थाहाको इन्द्रायणी चौरमा जारी पाचौं संस्करणको थाहा गोल्डकपको पहिलो सेमिफाइनल खेलमा ऋषेश्वर ११ बिजयी हुँदै फाइनलमा प्रवेश गरेको छ।
ऋषेश्वर ११ र सक्रिय युवा क्लव बिच भएको पहिलो सेमिफाइनल खेलमा सक्रिय युवा क्लवलाई ८-२ गोलको फराकिलो गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको हो।
तेसै गरि आजै भएको दोश्रो सेमिफाइनलमा चित्लाङ खेलकुद बिकास समितिले ट्राइबेकरमा कुर्दन एकेडेमी चन्द्रागिरीलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।
निर्धारित समयमा दुई दुई गोलको बराबरी भएपछि प्रतियोगिता पेनाल्टी सुटआउटमा चित्लाङले ७-६ को नतिजा निकाल्दै फाइनलमा पुगेको हो।
फाइनल जेठ १५ गते मध्याह्न १२:३० देखि इन्द्रायणी चौरको खेल मैदानमा हुने आयोजकले जनाएको छ।
थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा शिखर क्लवको व्यवस्थापनमा जारी प्रतियोगितामा प्रतियोगिताको बिजेताले पुरस्कार नगद २ लाख र उपबिजेताले नगद १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

Scroll to Top