पालुङकाे जनकल्याण माविमा ११ सदस्यीय नेशनल सस्टेनएवल टुरिजम क्लव गठन

टुरिजम रिसर्च एण्ड ट्रेनिङ्ग इन्स्टिच्युट र नेपाल टुरिजम बोर्ड तथा सस्टेनएवल टुरिजम फर लिभिङउड रिकभरी प्राेजेक्ट युएनडिपीकाे संयुक्त कार्यक्रम अन्तर्गत जनकल्याण माविमा ११ सदस्यीय नेशनल सस्टेनएवल टुरिजम क्लव गठन गठन भएको छ।

विद्यालयका प्रधानाध्यापक सानोभाइ कार्कीको संयोजकत्वमा क्लव गठन गरिएको हो।

जस्को सदस्य गरुमा रामकुमार बल क्लव संयोजक,विवेक कुमार जैसवाल क्लव प्रीफेक्ट्,र सदस्य हरुमा विराज बिक,युनिसा डिमडुङ,आइशा बल,अजविर कार्की,स्मिती तामाङ,आदित्य कुवँर,प्रियतना स्याङ्तान,र हिशिला श्रेष्ठ रहेका छन।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिवकुमार स्याङ्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जिटिटिपि नेपालका निर्देशक मदन कुमार बराल, विशिष्ट अतिथि टिआरटिआइका कार्यक्रम निर्देशक सराेज प्याकुरेल अतिथि प्राध्यापक सानाेभाइ कार्की, सहायक प्राधानाध्यापक कृष्ण बहादुर विष्ट र मनाेज रायमाझी रहनुभएको कार्यक्रम शशीकला काफ्लेले कार्यक्रम सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा विद्यालय पर्यटन सूचना अन्तर्गत बागमती प्रदेशको पर्यटन र सम्भावना बिषयक वक्तित्वकलाको समेत आयोजना गरिएको विद्यालयका सहायक प्रधानाध्यापक मनोज रायमाझीले जानकारी दिनुभयो।

Scroll to Top