पालुङ प्राधिकरणद्धारा एनसेलको ६ वटा टावरको लाईन काट्याे

शम्भु अधिकारी

वक्यौता विद्युत महशुल नतिरेका कारण पालुङ वितरण केन्द्रले एनसेलको ६ वटा टावरको लाईन काटेको छ ।

उत्तरी मकवानपुरका विभिन्न स्थानमा रहेका टावरहरुमा जडित विद्युत लाईनको वक्यौता लगातार ४ महिनादेखिको महशुल नबुझाएको कारण एनसेलका टावरहरुको प्राधिकरणले लाईन काटेको हो ।

पालुङ वितरण केन्द्र अन्तर्गत थाहा नगरपालिका र ईन्द्रसरोवर गाँउपालिकाका विभिन्न स्थानमा एनसेलका १३ वटा टावर जडित छन् । उक्त टावरहरुको आज सम्मको ७ लाख ४३ हजार वक्यौता बुझाउन बाँकी रहेको कारण बढी वक्यौता भएका ६ वटा टावरको लाईन आज काटिएको पालुङ वितरण केन्द्रका प्रमुख माधब न्यौपानेले बताउनु भयो ।  

पालुङ प्राधिकरणले वढि वक्यौता भएका सिमभन्ज्याङ्ग,कुलेखानी देउराली र     सल्ले,फाखेल,मार्खु तथा कुन्छालमा रहेका टावरहरुको लाईन काटेको हो । एनसेललाई पनि वक्यौता बुझाउन पटक –पटक भनिएको भए पनि बक्यौता महशुल नबुझाएकोले लाईन काटिएको र सबै टावरको महशुल नुबझाए क्रमशः सबै टावरको लाईन काटिने पनि प्रमुख न्यौपानेले बताउनु भयो ।

वक्यौता महशुल उठाउन विगत ३ महिनामा मात्रै पालुङ प्राधिकरणले २ सय भन्दा बढी ग्राहकको लाईन काटेको छ भने लाईन काटिएका ग्राहकहरुमा ९० लाख भन्दा बढी बक्यौता रकम उठाईसकेको छ ।

Scroll to Top