पुस १४ गते ‘हाइक टू इन्द्रस्थानʼ आयोजना हुँदै

काठमाडौं : ‘स्वस्थ मुस्कानको लागि पैदलयात्रा २०८०ʼ भन्ने नाराको साथ यही आउँदो पुस १५ गते पैदल यात्रा आयोजना हुँदैछ ।

चन्द्रागिरि नगरपालिका वडा नं. १ को आयोजनामा तथा चन्द्रागिरि हाइकर्स कम्युनिटिको सहकार्यमा हुन गइरहेको पैदल यात्रा कार्यक्रमको बारेमा जानकारी दिन सोमबार इन्द्रस्थानमा पत्रकार सम्मेलन आयोजना गरेको थियो ।

उक्त सम्मेलनमा चन्द्रागिरि नगरपालिका वडा नं. १ दहचोकका वडाध्यक्ष हरिश्याम रानामगर, चन्द्रागिरि वडा नं. ४ का वडाध्यक्ष एवं नगर प्रवक्ता कृष्णप्रसाद खड्गीको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा चन्द्रागिरि हाइकर्स कम्युनिटीका अध्यक्ष प्रशन्न गोपालीले आउँदो शनिबार आयोजना हुने पैदल यात्राको बारेमा जानकारी दिएका थिए ।

आउँदो शनिबार बिहान ७ बजेबाट सुरु हुने करिब १५ किलोमिटर दुरीको पैदल यात्रा कार्यक्रम चन्द्रागिरिको घट्टेडाँडाबाट सुरु भई खहरे बजार, झिंगटी घर, मयलपानी, तीनपोखरी, विन्द्यवासिनी मन्दिर, स्वीजरल्याण्ड पार्क, धैरेनी डाँडा, झाँडाझिटी, फरेष्ट क्याम्प हुँदै कालु पाण्डे समाधिस्थलमा पुगी समापन हुने आयोजकले जानकारी दिए ।

यो पैदल यात्राले चन्द्रागिरि नगरपालकाको धार्मिक तथा पर्यकटीय क्षेत्रहरु झागाँझिटीको तामाङ बस्ती, मयलपानी धार्मिक क्षेत्र तथा अन्य क्षेत्रहरुको प्रसार प्रसारमा कोशेढुंगा सावित हुने चन्द्रागिरि वडा नं। १ का वडाध्यक्ष रानामगरले बताए । स्वस्थ मुस्कानको लागि पैदल यात्रा २०८० नाम दिइएको सो कार्यक्रम सफल बनाउन चन्द्रागिरि नगरवासी तथा सम्पूर्ण पैदल हिड्न रुचाउने सबैलाई उपस्थितिको लागि हार्दिक अनुरोध पनि गरे ।

चन्द्रागिरि नगरपालिकाभित्रका विभिन्न ठाउँमा पैदल यात्राको कार्यक्रमले त्यस ठाउँको सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको विकास हुनुका साथै चन्द्रागिरि नगरपालिकालाई पर्यटकीय गन्तव्य बनाउने नगरको अभियानमा पैदल यात्रा फलदायी हुने विश्वास लिएको भनाइ राखे ।

पैदल यात्रामा सहभागिता जनाउनका लागि प्रति व्यक्ति पाँच सय रुपैयाँ लाग्ने छ । सो बापत सबै सहभागीहरुलाई इन्द्रस्थानमा खानको व्यवस्था गरिएको पनि जानकारी दिए ।

यही पुस १४ गते हुने पैदल यात्रामा करिब ५ सय जनाको सहभागिता हुने चन्द्रागिरि हाइकर्स कम्युनिटिका अध्यक्ष प्रशन्न गोपालीले जानकारी दिए ।

यसअघि चन्द्रागिरि हाइकर्स कम्युनिटिले जेठ २० आयोजना गरेको थानकोटबाट भालेश्वर डाँडासम्मको पैदल यात्रामा ६ सय जना भन्दा धेरै सहभागि भएका थिए ।

default
Scroll to Top