पूर्वपश्चिम राजमार्ग भासियो, यातायात अवरुद्ध

काठमाडौं । साँझदेखि परेको वर्षाका कारणका गए राति २ बजे तिर गैँडाकोट थुम्सीको जङ्गलमा सडक भासिएको छ।

सडक भासिएसँगै नारायणगढ तर्फ आउने र बुटवल जाने सयौं सवारी साधन बीच बाटोमै रोकिएका छन् ।

निर्माणाधीन सडक भासिँदा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको हो ।

अवरुद्ध सडकमा ट्रक फसेकाले त्यसलाई हटाउने प्रयास भइरहेको छ । यसैबीच, भासिएको सडकमा बस रोक्न अचानक ब्रेक लगाउदा बसमा सवार ९ जना घाइते भएका छन् ।

Scroll to Top