पोशाक किन्न बाध्य पार्ने र अनुशासन इन्चार्ज राख्ने विद्यालयलाई महानगरले कारबाही गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चाडपर्व र विभिन्न प्रतियोगिताको नाममा विद्यालयहरुले तोकिएको भन्दा फरक पोशाक किन्न अनिवार्य गरेको भन्दै यस्तो कार्यमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएको छ । निजी विद्यालयहरुले विद्यालयले तोकेको अतिरिक्त स्पोर्ट, सांस्कृतिक कार्यक्रम, क्लवअनुसार भन्दै तोकिएको भन्दा पृथक पोशाकहरू किन्न विद्यार्थीलाई वाध्य पार्दै आएका थिए ।
विद्यालयहरुले पछिल्ला दिन क्रिसमस ड्रेस भन्दै विद्यार्थीलाई विद्यालय हाताबाटै नयाँ पोशाक किन्न वाध्य पारेपछि अभिभावकहरुले महानगरमा गुनासो गरेका थिए ।
त्यस्तै, अर्को काठमाडौं नगरपालिकाले अर्को सूचना जारी गर्दै काठमाडौं महानगरपालिकाभित्र संचालित केही विद्यालयले विद्यार्थीको अनुशासन कायम राख्न भन्दै अनुशासन इन्चार्ज राख्ने गरेको र त्यस्तो व्यक्तिले विद्यार्जीमा भय सिर्जना गराउने, विद्यार्थीमा मनोवैज्ञानिक रुपले नकारात्मक प्रभाव पार्ने भएकोले त्यस्तो कार्य नगर्न र नगराउनु हुन सबैलाई सूचित गरेको छ ।
शारीरिक सजायसमेत दिने गरेको गुनासो प्राप्त भएकोले त्यस्तो कार्य नगर्न काठमाडौं पालिकाले सम्बन्धित सबैलाई सूचित गरेको शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिए ।

Scroll to Top