प्याज निर्यातमा भारतले लगायो प्रतिबन्ध

भारतले आजदेखि लागु हुने गरी प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ।

भारतले एक सूचना जारी गर्दै विदेश व्यापार ऐन र नीति अन्तर्गत रहेर आगामी चैत १८ गतेसम्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाएको जनाएको छ । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा प्याजको भाउ बढ्ने संकेत देखिएको छ । त्यसो त नेपाली बजारमा केहि समययता प्याजको अभाव छ । आलु र प्याजमा मूल्य अभिबृद्धि कर(भ्याट) को विवादले व्यवसायीहरूले हडताल गरिरहेका छन् ।

Scroll to Top