प्रकृतिप्रेमी समूहको शाकाहारी भोजनसहित मनास्लु पदयात्रा

काठमाडौं। शाकाहारी भोजनसहित मनास्लु पदयात्रामा निस्केका प्राकृतिक स्वास्थ्यका पक्षमा पैरवी गर्दै आएको नेपालको अग्रणी संस्था ‘प्रकृतिप्रेमी समूह’ले आफ्ना सदस्यहरुलाई मनास्लु परिक्रमा पदमार्गमा पदयात्रा गराएको छ। संस्थाका संस्थापक डा. उमेश श्रेष्ठको नेतृत्वमा मंसिर २ देखि १२ गतेसम्म ११ दिन पदयात्रा गराइएको हो ।

उनीहरु यात्राको ९ औं दिन गोरखा र मनाङको सीमामा अवस्थित लार्के भञ्ज्याङ (५, १०६ मिटर) पार गर्न सफल भए। भञ्ज्याङमा उभिएर उनीहरुले ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’, ‘आन्तरिक पर्यटन प्रवद्र्धन गरौं’, ‘उचित आहार, विहार र विचार गरौं’लगायत नारा घन्काएका थिए। गोरखाको माछाखोलाबाट पदयात्रा सुरु गरेर नामरुङ, स्याला, सामागाउँ, साम्दो, धर्मशाला, लार्के भञ्ज्याङ, लार्के फेदि, भिमथाङ, गो, हुँदै मनाङ जिल्लाको तिल्चे गाउँसम्म पदयात्रा गरिएको थियो। तिल्चेबाट गाडी चढेर बेसीसहर हुँदै मंगलबार काठमाडौं फर्के। यात्रामा विभिन्न पेशा र व्यवसायमा संलग्न सदस्य सहभागि थिए। संस्थाको यात्रामा मासु तथा मदिरा निषेध छ, त्यसैले पदयात्रीले शाकाहारी भोजन खाएर यात्रा गरेका थिए।

Scroll to Top