प्रथम चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिता २०८० को विजेता वडा नं ४ थानकोट

काठमाडौं। नैकाप फुटबल मैदानमा जारी चन्द्रागिरि अन्तर वार्डकप फुटबल प्रतियोगिता २०८० को उपाधि वडा नं ४ थानकोटले जितेको छ ।
आज भएको फाइनल खेलमा वडा नम्बर ९ मच्छेगाँउलाइ १–० गोल अन्तरले पराजित गर्दै वडा नम्वर ४ विजय भएको हो ।
प्रतियोगिताको विजेता वडा नम्वर ४ ले नगद २ लाख तथा ट्रफी पुरस्कार पाएको छ । उपविजेता वडा नम्वर ९ ले १ लाख रूपैयाँ नगद तथा ट्रफी पाएको छ ।


चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, नगरप्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गी लगायतले प्रतियोगिता तथा उपविजेतालाई पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा म्यानअफ द म्याच वडानं ४ थानकोटका सहन श्रेष्ठ, वेष्ट टिम वडा नम्वर १५,वेष्ट गोल किपर वडा नम्वर ४, हाइ स्कोर वडा नम्वर ४ का सयेस महर्जन, वेष्ट प्लेयर वडा ९ का संन्जिप महर्जनले नगद तथा ट्रफि प्राप्त गरेका छन ।

चन्द्रागिरि अन्तर वार्डकप फुटबल प्रतियोगितामा १४ वटा वडाले सहभागिता जनाएको थियो । वडा ११ खेलाडी नहुँदा प्रतियोगितामा सहभागी हुन नसकेको चन्द्रागिरि अन्तर वार्डकप फुटबल प्रतियोगिता समितिका अध्यक्ष नेशन महर्जनले बताए ।

Scroll to Top