“प्रथम प्रकाश दाहाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता-२०८०”को भेट्रान्स डबल्सतर्फको उपाधी चन्द्रागिरिका खत्री र पोखरेलको जोडीलाई

थानकोट ।

स्पोर्ट्स हब नेपाल, काठमाडौको आयोजनामा २०८० पौष २५ देखि २८ गते सम्म संचालन भएको “प्रथम प्रकाश दाहाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता-२०८०” समापन भएको छ ।
४५ बर्ष माथिको प्रस्पिर्धामा चन्द्रागिरी ब्याडमिन्टन क्लबका हरि खत्री र राजकुमार पोखरेलको जोडीले पिस फिटनेश सेन्टरका संजय कपाली र अनिल थाम्सुहाङ्गको जोडी माथि जित निकाल्दै उपाधी हात पारे ।
खत्री र पोखरेलको जोडीले कपाली र थाम्सुहाङ्गको जोडी माथि २१–१४, २१–१८ को जित निकालेका हुन् । गण्डकीका तिलक छन्त्याल र हिरा रोका तथा एपीएफका धिरेन्द्र चन्द र टोखाका टिका थापा मगरको जोडी संयुक्त तेश्रो भए ।
बिजयी खेलाडीलाई पूर्व मन्त्री पम्फा भुषालले पुरस्कार वितरण गरेकी थिईन् । करिव २५ लाखको लागत रहेको प्रतियोगितामा बिजेता, उपबिजेता एवं तृतीय स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद ४५ हजार, २५ हजार र १० हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।

Scroll to Top