प्रथम NAPSF अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगितामा आज नेपालय पब्लिक इंग्लिश स्कुल, जोरपाटी विजयी

काठमाडौं ।

प्रथम प्रथम NAPSF अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगितामा आज नेपालय पब्लिक इंग्लिश स्कुल, जोरपाटी विजयीअन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता २०८० सुरु भएको छ ।
नेपाल एपीएफ स्कुल कीर्तिपुरले मिति २०८० माघ २२ गतेबाट संचालन गरेको प्रतियोगितामा नेपाल पब्लिक इग्लिस स्कुल, जोरपाटी विजयी भएको हो ।
विद्यालय तहबाटै फुटबल खेलको विकास र विस्तार गर्ने उद्देश्यले काठमाडौँ उपत्यका र भविष्यमा काठमाडौँ उपत्यका बाहिरका एपीएफ स्कुलहरु, अन्य विद्यालयहरु तथा फुटबल क्लबहरुलाई समेटेर राष्ट्रिय स्तरको प्रतियोगिता बनाउने उद्देश्य अनुरुप नेपाल एपीएफ स्कुल कीर्तिपुरले मिति द्दण्डण् माघ २२ गतेबाट संचालन गरेको प्रथम NAPSF अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता २०८० अन्तर्गत आज ग्रिन भिलेज एजुकेशन फाउण्डेशन कीर्तिपुर र जेम्स स्कुल, धापाखेल बीच भएको लिग चरणको खेलमा १-१ गोलले बराबरी भएको थियो । जसमा ग्रिन भिलेज एजुकेशन फाउण्डेशन कीर्तिपुरका खेलाडी प्रत्युष हमाल र जेम्स स्कुल, धापाखेलका खेलाडी जोयल लामाले १-१ गोल गरेका थिए ।
त्यसैगरी आज भएको दोश्रो खेलमा नेपालय पब्लिक इंग्लिश स्कुल, जोरपाटीले हारती शिक्षा मन्दिर सितापाईलालाई ५-० गोल अन्तरले पराजित गरेको छ । नेपालय पब्लिक इंग्लिश स्कुल, जोरपाटीको तर्फबाट सन्देश गौडेल, रणविर तामाङ्गले– २-२ गोल गरेका थिए भने १ गोल आत्मघाती समेत भएको थियो ।
आजको भएको खेलमा जेम्स स्कुल धापाखेलका उत्कृष्ट खेलाडी आशिष पाण्डेलाई man of the match घोषित गरी यस विद्यालयका प्रधानाचार्य युवराज पराजुलीले ट्रफी प्रदान गरेका थिए भने दोस्रो खेलमा नेपालय पब्लिक इंग्लिश स्कुल, जोरपाटीका खेलाडी चेङ्गा लामा man of the match घोषित भई यस विद्यालयका समादेशक सशस्त्र प्रहरी नायव उपरीक्षक राजेन्द्र गुरागाईले ट्रफी प्रदान गरेका थिए ।
त्यस्तै भोली हुने खेलहरुमा ग्रिन भिलेज सेकेण्डरी स्कुल कीर्तिपुर, विरुद्ध लिटिल एन्जल्स स्कुल, हात्तिबन ललितपुर र नेपाल पुलीस स्कुल, सागाँ विरुद्ध काव्या स्कुल, बुद्धनगर काठमाण्डौबीच हुनेछ ।

Scroll to Top