प्रधानमन्त्री दाहाल आज बझाङ जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बझाङ जाँदैछन् ।  प्रधानमन्त्री दाहाल बिहान साढे १० बजेपछि नेपाली सेनाको हेलिकप्टरबाट बझाङ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
उनले भूकम्पले बढी क्षति पुर्याएका स्थानको अवलोकन गर्ने र जिल्ला विपद व्यवस्थापन समितिसँग अन्तरक्रिया गर्ने लगायत कार्यक्रम निर्धारण गरिएको छ ।
प्रधानमन्त्री दाहालले भूकम्पबाट प्रभावित प्रतिनिधिमूलक ठाउँहरू अवलोकन समेत गर्ने छन् । 
बझाङको चैनपुर केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति पुर्‍याएको छ । भूकम्पमा परी २० जना घाइते र एक जनाको मृत्यु भएको छ ।

Scroll to Top