काठमाडौं : नेपाली सेनाको ४५औं प्रधानसेनापति अशोकराज सिग्देलले आजबाट कामान्ड सम्हाल्दै छन्। प्रधानसेनापति प्रभुराम शर्मा शनिबारदेखि अवकासमा जाँदै छन्।
सैनिक सेवामा ४१ वर्ष बिताएका शर्मा गत साउन २४ गतेदेखि बिदामा बसेका थिए । शर्मा बिदामा बसेपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १२ मा अशोकराज सिग्देललाई प्रधानसेनापतिमा नियुक्त गरेका थिए ।
भदौ २४ गतेबाट लागू हुने गरी राष्ट्रपति पौडेलले सिग्देललाई नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गरेका थिए ।