प्वाल भएको इटाको स्ट्रेन्ज १५ एमपीए भन्दा माथि

काठमाडौं ।

पोखरा इको रेड ब्रिक्स प्रालिद्धारा उत्पादित प्वाल भएको इटा .(हलो ब्रिक) को स्ट्रेन्ज १५ एमपीए भन्दा माथि देखिएको छ ।

इन्ष्टिच्युट अफ इन्जिनियरिंग पुल्चोक इन्जिनियरिंग क्याम्पसमा परीक्षण गर्दा स्ट्रेन्ज १५ एमपीए भन्दा माथि भएको पुष्टि भएको हो । यसअघि जर्मन प्रविधिमा आधारित हफ म्यान क्लिनबाट चाइनिज इटा उत्पादन थालेको कम्पनीले कास्कीको पोखरास्थित पोल्याङबाटै प्वाल भएको (हलो व्रिक) को उत्पादन थालेको थियो ।

पोखरा इको रेड ब्रिक्स प्रालिका अध्यक्ष इन्जिनियर कृष्णभक्त दुवालले यसले इटाको गुणस्तर पुष्टि भएको बताए । पुल्चोक इन्जिनियरिंग क्याम्पसबाट यसको पत्र प्राप्त भइसकेको जानकारी उनले गराए ।

भवन तथा अन्य पूर्वाधार निर्माणमा प्रयोग हुने सामान्य इँटाको सट्टा हलो ब्रिक आर्थिक हिसाबले सस्तो रहेको बताइएको छ । साथै, वातावरणमैत्री र प्रयोग गर्न सजिलो हुने भएकाले यसको प्रयोगमा जोड दिदै उत्पादन थालिएको हो ।

देशैभरि १५ प्रतिशतको हलो ब्रिक्सको प्रयोगले कोइला खपतमा मात्र वार्षिक पाँच अर्ब बचत हुने तथ्यांक छ । हाल नेपालमा एक हजार तीन सय ५० वटा इँटा उद्योगबाट कोइला खरिदका लागि वार्षिक २५ अर्ब रुपैयाँ विदेशिएको तथ्यांक छ ।

प्वाल भएको इँटामा इन्सुसलेशन हुने हुँदा घर बाहिरको तापक्रम धेरै हुँदा पनि भित्र चिसो राख्न र बाहिर चिसो हुँदा घरभित्रको तापक्रम सन्तुलित हुन्छ । साथै यसको तौल हल्का हुँदा घरको भार कम हुन्छ ।

यसमा फलामे डण्डीको प्रयोग धेरै नहुने हुँदा घर निर्माण गर्दा लाग्ने लागत पनि कम हुनुको साथै यसमा माटोको प्रयोग कम हुँदा कोइलाको खपत पनि स्वतः कम हुँदा इँटाभट्टाबाट हुने प्रदूषण पनि कम हुन्छ ।

कम्पनीको आफ्नै एक सय रोपनीको क्षेत्रफलमा उद्योग राखी इटाको उत्पादन थालेको हो । पोखरा र दमौलीबाट करिव २० किलोमिटरको दुरीमा भटा रहेको छ ।

नेपालमा सामान्य लोकल इटा, चाइनिज इटालगायतका विभिन्न थरीका इटाहरु छन् ।

साथै व्लकका इटाहरु पनि हुन्छन् । साथसाथै आकर्षक खालका पोंल अपा (झिंगटी), चिकं अपा (तेलिया इँंटा) लगायतका इटाहरु पनि हुन्छन् ।

Scroll to Top