फाखेल–फर्पिङ सडक खण्ड आजदेखि दुई महिना बन्द

काठमाण्डाै – फाखेल–फर्पिङ सडक खण्ड आजदेखि दुई महिना बन्द हुने भएकाे छ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानी, हुमाने, फाखेल सडक र हुमाने मातातीर्थ हुँदै काठमाण्डाैको टेकु जोड्ने सडक निर्माण र स्तरोन्नति गरिने भएकाले आउँदाे फागुन १५ गतेसम्म बन्द हुने भएकाे हाे । 

‘आजदेखि आउँदाे फागुन १५ गतेसम्म फाखेल–फर्पिङ सडक खण्डमा गाडी आवागमन बन्द गरिएको छ’, इन्द्रसरोवर गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाईँले बताउनु भयाे । 

वैकल्पिक यात्राका लागि हेटौँडा–भीमफेदी-कुलेखानीबाट इन्द्रसरोवरको सिस्नेरी दक्षिणकाली तथा कुलेखानीको कलङ्की हुँदै मार्खु र चित्लाङको बाटो हुँदै काठमाण्डाैको थानकोट पुग्ने सडक प्रयोग गर्न सकिने छ । 

यस्तै, काठमाण्डाैको चापागाउँ हुँदै कान्तिलोकपथबाट हेटौँडातर्फ आउने सडक प्रयोग गर्न सकिने छ ।

Scroll to Top