फेरिंदै गएको काठमाडौं सहर

काठमाडौं सहर भन्ने बित्तिकै धुलो, धुवाँ, हिलो मनमा आइहाल्छ । काठमाडौं उपत्यकाका सडकको अवस्था नै यस्तै छ । जता  हेर्यो, त्यतै धुवाँ र धुलो अनि खाल्डाखुल्डी। ट्राफिक जाम, पैदलयात्रुमैत्री फुटपाथ नहुनु लगायतका अन्य दुःखका कुरा मनमा खेल्ने गर्दछन् । न बिहान स्वच्छ हावा खाँदै मर्निङ वाक गर्ने स्थान छ त न कतै साँझ बिहान टहल्ने र बालबालिकासँग रमाउने खुला स्थान । सहरका यस्ता अव्यवस्थित स्थानले बिहान कार्यालय हिँडेको कर्मचारी कार्यालय पुग्नासाथ थकित हुन्छ, अर्थात जाँगर मर्छ । तर काठमाडौं उपत्यकाको स्वरूप फेरिँदैछ।

नदी नालाको सरसफाई, सडक पेटी व्यवस्थित बनाउने, पार्कहरू निर्माण गर्ने कामले पूर्णता पाउन नसके पनि बन्दै गरेको अवस्थाले आकर्षक देखिन थालेको छ, काठमाडौं । आज फेरिन थालेको काठमाडौंका केही स्थान आजको तस्बिर समावेश गरेका छौ । तस्बिर न्युज एजेन्सी 

Scroll to Top