बगरको “आँखा” अब बजारमा

काठमाडौं ।

युवा गजलकार खेम “बगर”को पहिलो गजल कृति “आँखा”को लोकार्पण गरिएको छ ।

माघ ६ गतेका दिन काठमाडौँमा कार्यक्रम आयोजना गरि सो गजल सङ्ग्रह लोकार्पण गरिएको हो ।

‘बगर’को गजल कृति ‘आँखा’ मा १०१ थान गजल समावेश छन्। साहित्यकार ‘जीवनपानी’ले लोकार्पित गजल सङ्ग्रहका बारेमा बोलेका थिए भने लेखक “बगर”ले कार्यक्रममा एकल गजल वाचन समेत गरेका थिए।

गजल सङ्ग्रह काबु क्रिएशनले बजारमा ल्याएको हो ।

Scroll to Top