बन्द भयो चन्द्रागिरिको मातातिर्थ हुँदै हेटौँडा जाने सडक

काठमाडौं ।
काठमाडौंबाट हेटौंडा जाने सबैभन्दा छोटो बाटो चन्द्रागिरिको मातातिर्थ हुँदै फाखेल, कुलेखानी हुँदै हेटौंडा जाने सडक २ महिनाको लागि बन्द गरिएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको कार्यालयले सूचना जारी गर्दै २०८० पुस १६ गतेदेखि फागुन १५ गतेसम्म सडकमा सवारी आवजत जावत बन्द हुने जानकारी गराएको थियो । जसअनुसार सोमबारबाट बाटो बन्द भएको हो ।
यस सडक खण्डमा निरन्तर चलिरहेको सडक मर्मत, निर्माण तथा स्तरोन्नतिको कार्यलाई अझ प्रभावकारी ढङ्गमा सम्पन्न गर्नको लागि सो सडकबाट चल्ने सम्पूर्ण सवारी साधनहरू पूर्णरुपमा आवतजावत बन्द रहने गाउँपालिकाले जनाएको छ । सो समयावधिभित्र वैकल्पिक सडकको प्रयोग गरी आवागमन गर्न गराउन आग्रह पनि सुचनामा उल्लेख गरिएको थियो ।
वैकल्पिक बाटोको रुपमा अर्को छोटो बाटो थानकोट, चन्द्रागिरि डाँडो हुँदै चित्लांग, मार्खुबाट पनि जान सकिन्छ ।

तस्बिर : आशबहादुर भ्लोन
Scroll to Top