बलम्बु जात्राका अवसरमा बलम्बुमा मंसिर ५ र ६ गते दुई दिन स्थानीय बिदा

बलम्बु महालक्ष्मी जात्रा काठमाण्डाै उपत्यकाको पाैराणिक मध्येको एक जात्राका रूपमा परिचित छ ।

कुमारी, महालक्ष्मी तथा गणेशको मूर्ति खटमा राखेर सिन्दूरे जात्रा गरिने यो पर्वमा बलम्बुवासी विशेष गरेर  नेवारी समुदायले यो जात्रा धुमधामसँग मनाउने गर्दछन्।

न्हूदया (नेवारी नववर्ष) पछिको काठमाडौं उपत्यकामा हुने यो पहिलो जात्रा र बलम्बुमा हुने जात्राहरूमध्ये यो सबैभन्दा ठूलो जात्रा भएकाले बलम्बुवासीहरूका लागि यो महत्त्वपूर्ण जात्रा मानिन्छ।

चन्द्रागिरि नगरपालिका वडा नं. १२ बलम्बुले बलम्बु क्षेत्रमा मनाइने महालक्ष्मी जात्रा र कुमारी जात्राका अवसरमा मंसिर ५ र ६ गते स्थानीय बिदा दिने भएको छ ।
शुक्रबार बसेको वडा समितिको बैठकले बलम्बु स्वास्थ्य चाैकी भने मंसिर ६ गते मात्र बन्द हुने जानकारी सूचना मार्फत जानकारी गराएको हो ।

फाइल तस्बिर
Scroll to Top