बाँसबारी जग्गा प्रकरण : विनोद चौधरीसँग बयान लिने तयारी

काठमाडौं । सुनको अवैध पैठारी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन् ।

आज मन्त्रालयमा सुरक्षा निकाय र गृह प्रशासनको उच्च व्यक्तिसँग छलफलपछि गृहमन्त्री लामिछानेले कृष्णबहादुर महरासहित प्रतिवेदनले औंल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका छन् ।

यस्तै, लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया आजै सुरु गर्न पनि निर्देशन दिए । उक्त जग्गा प्रकरणमा सांसद विनोद चौधरीसहितलाई अनुसन्धान प्रक्रियामा ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले चौधरीसँग बयान लिने भएको स्रोतले जानकारी दिएको छ ।

Scroll to Top