बागमतीमा एकीकृत समाजवादीकी आले मगर मन्त्री नियुक्त

काठमाडौं । बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीकी सांसद रमा आले मगर मन्त्री नियुक्त भएकी छन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उनलाई सोमबार मन्त्री नियुक्त गरेको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । प्रदेश प्रमुख कार्यालयमा मंगलबार बिहान ९ बजेलाई शपथ ग्रहण कार्यक्रम तय गरिएको स्रोतको जनाएको छ ।

उनको मन्त्रालय भने सात दिनभित्र टुंग्याउने सहमति भएको स्रोतको दाबी छ । रमा एकीकृत समाजवादीबाट प्रत्यक्ष निर्वाचन जित्ने एक्ली महिला सांसद हुन् । चन्द्रागिरी नगरपालिकाकी रमा काठमाडौं–१० ‘ख’ बाट प्रत्यक्ष निर्वाचित भएकी हुन् ।

प्रदेशसभाको पहिलो कार्यकालमा पनि सांसद रहेकी उनी एक वर्षअघि चैतमै भएको सरकार विस्तारको क्रममा शपथको निम्तो पाएर पनि खाली हात काठमाडौं फर्कनु परेको थियो ।

Scroll to Top