बागमती प्रदेशका कार्यालयमा सोमबारदेखि तामाङ र नेपाल भाषा औपचारिक प्रयोग सुरु

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी सोमबार वैशाख २४ गतेदेखि प्रदेशभरका सरकारी कार्यालयमा कामकाजका लागि तामाङ र नेपाल भाषाको औपचारिक प्रयोग सुरु गर्ने भएको छ ।

प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै यो घोषणा गरेको हो ।   

संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले वैशाख २४ गते बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सहभागितामा काठमाडौंको वसन्तपुरमा भव्य कार्यक्रम गर्दै प्रदेशभर कामकाजी भाषाको शुभारम्भ गर्ने बताए ।  उनले भने, ‘बागमती प्रदेशमा रहेका माननीयज्यूहरु भावनात्मकरुपमै भाषा विधेयक पास गर्न लाग्नुभयो ।

आज हामी अन्ततः सफल भएका छौं । हामीले २४ गते भाषा विधेयकको शुभारम्भ कार्यक्रम गर्नका लागि सार्वजनिक बिदासमेत प्रदेश मन्त्रिपरिषद्बाट पारित गराएका छौं । प्रदेश सरकारको २५० वर्षपछिको सबैभन्दा ठूलो उपलब्धि हो ।

हामीले २४ गते भाषा विधेयकको शुभारम्भ कार्यक्रम गर्नका लागि सार्वजनिक बिदासमेत प्रदेश मन्त्रिपरिषद्बाट पारित गराएका छौं । प्रदेश सरकारको २५० वर्षपछिको सबैभन्दा ठूलो उपलब्धि हो ।


आउँदो सोमबार हुने कार्यक्रमका लागि मन्त्री बज्राचार्यकों संयोजकत्वमा ३ सय ३ सदस्यीय विशेष समारोह समिति बनाइएको जानकारी पत्रकार सम्मेलनमा दिइयो । 

समारोह समितिमा तामाङ भाषिक समुदायका तर्फबाट नेपाल तामाङ घेदुङका साथै अन्य तामाङ संघ संस्थाहरू र नेपाल भाषाको समुदायको तर्फबाट नेवाः देय् दवुकालगायत सदस्य छन् ।

सरकारको निर्णयअनुसार वैशाख २४ गतेका दिन नै प्रदेश सरकारका सबै मन्त्रालयका साइनबोर्ड नेपाली भाषा (देवनागरी), तामाङ भाषा (तामयिक) र नेपाल भाषा (रन्जना) मा लेखिएका राखिने मन्त्री बज्राचार्यले बताए । सरकारले गत कात्तिक २३ गते ‘बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८०’ राजपत्रमा प्रकाशित गरेको थियो । 

Scroll to Top