बागमती प्रदेशको बजेट ६४ अर्ब ५४ करोड

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रस्तुत गरेको बजेटमा चालुतर्फ २६ अर्ब १० करोड १७ लाख ८२ हजार रुपैयाँ छुट्याइएको छ ।

त्यसैगरी पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार रुपैयाँ रहेको छ । वित्तीय व्यवस्थातर्फ भने १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री थपलियाले जानकारी दिए।

कुल बजेटमा चालुतर्फ ४० दशमलव ४४ प्रतिशत, पुँजीगततर्फ ५६ दशमलव २३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ दशमलव ३२ प्रतिशत बजेट छुट्याइएको छ ।

गत वर्ष प्रदेश सरकारले ६२ अर्ब र ७० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको थियो । यो बजेट अघिल्लो वर्षको तुलनामा करिब १ अर्ब ८३ करोड १४ लाख ३१ हजार रुपैयाँ बढी हो ।

Scroll to Top